नेपालमा दावत–ए–इस्लामीको संस्थान: मुस्लिम महिलाहरूलाई सिकाउँदैछ कट्टरताको पाठ

0
Teaching Muslim Women Lessons of Bigotry By Institute of Dawat-e-Islami in Nepal- The Nepal Times

Teaching Muslim Women Lessons of Bigotry By Institute of Dawat-e-Islami in Nepal

पाकिस्तानस्थित कट्टरपन्थी संगठन दावत-ए-इस्लामीले विश्वभर इस्लाम फैलाउने लक्ष्य राखेर काम गरिरहेको छ। हाल नेपालमा पनि धेरै इस्लामी संघ-संस्थाहरू सक्रिय भएका छन्। यसैबीच हालै बहराइच नजिकैको नेपालगञ्जमा मुस्लिम महिलाहरूलाई धार्मिक शिक्षा प्रदान गर्न दावत-ए-इस्लामीले शैक्षिक संस्थान खोलेको थाहा लागेको छ। यस संस्थानलाई “फैजाने उम्मुल खैर फातिम” नाम दिइएको छ, जसमा आलिम र फैजाने शरियात पाठ्यक्रमहरू सञ्चालन भइरहेका छन्।


गुप्तचर विभागको विशेष शाखाले दावत–ए–इस्लामीले ठूलो रकम प्राप्त गरेको जानकारी दिएको छ । रिपोर्टमा यस संस्थानले सीमावर्ती क्षेत्रमा महिलाहरूलाई कट्टरताको पाठ सिकाएर धर्म परिवर्तनको अभियान चलाउन सक्ने आशंकासमेत गरिएको छ ।


दावत–ए–इस्लामीको उद्देश्य यस संस्थामार्फत महिलाहरूलाई कट्टर मुस्लिम धर्मका अनुयायी बनाउने मात्र नभएर सीमावर्ती क्षेत्रमा बसोबास गर्ने गरिब परिवारलाई धर्म परिवर्तन गराउने प्रयास गर्नु पनि रहेको बताइएको छ । अर्कोतिर गुप्तचर तथा सुरक्षा निकायहरू विशषगरी भारतीय गुप्तचर विभाग नेपालमा बढ्दो मुस्लिम गतिविधिबाट यस्ता गतिविधिबाट सतर्क भएका छन् ।


उल्लेखनीय छ, नेपालमा मुसलमानहरूको जनसङ्ख्या २०११ को जनगणनाअनुसार लगभग ११.६४ लाख रहेको छ, जुन देशको कुल जनसंख्याको ४.२ प्रतिशत हो। यो मुख्यतया नेपालको रौतहट, बाँके, कपिलवस्तु, पर्सा, महोत्तरी, बारा र सुनसरी जस्ता तराई क्षेत्रका जिल्लाहरूमा फैलिएको छ।


पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई लामो समयदेखि यी क्षेत्रहरूमा सक्रिय छ। रिपोर्टअनुसार काठमाडौंमा मुस्लिमहरुको संख्या २१ हजार ८६६ रहेको छ जुन त्यहाँको कुल जनसंख्याको १.२५ प्रतिशत हो । विगत २० वर्षमा नेपालमा मुस्लिमको संख्या दोब्बर भएको आइएसआईको दाबी छ ।


दावत-ए-इस्लामीको मुख्यालय पाकिस्तानको कराँचीमा रहेको छ र यसको अध्यक्ष मौलाना मोहम्मद इलियास अत्तार कादरी हुन्। यो संस्था १७२ देशहरूमा सक्रिय छ र धनी देशहरूमा धार्मिक कार्यक्रमहरू आयोजना गरेर अर्थ सङ्ग्रह गर्दछ, जुन कट्टरपन्थी इस्लामको प्रचार गर्न र गरीब देशहरूमा मानिसहरूलाई धर्म परिवर्तन गर्न प्रयोग गरिन्छ। नेपालगन्जमा सञ्चालित यस संस्थानको सञ्चालनको जिम्मेवारी अब्दुल रहमान मियाँको रहेको छ । हालै खुफिया एजेन्सीलाई आईएसआईको सहयोगमा सञ्चालित मदरसामा २५ सय जिहादीलाई तालिम दिइएको जानकारी प्राप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *