श्रीलंकाको भूमि भारतविरुद्ध प्रयोग हुन नदिने श्रीलंकाको प्रतिबद्धता

0
Sri Lanka's Commitment Not to Allow Sri Lankan Land To Be Used Against India- The Nepal Times

Sri Lanka's Commitment Not to Allow Sri Lankan Land To Be Used Against India

भारतका परराष्ट्रमन्त्री डा एस जयशंकरले श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग भेटवार्ता गरेका छन् । यो भेटमा भारतका लागि खुसीको खबर आएको छ । राष्ट्रपतिले श्रीलंकाको भूमि भारतविरुद्ध प्रयोग हुन नदिने बताएका छन्। श्रीलङ्कामा नयाँ सरकार आएपछि डा. जयशंकर श्रीलंका पुग्ने पहिलो परराष्ट्रमन्त्री बनेका छन् । भारतले शुक्रबार श्रीलंकालाई आफ्नो अर्थतन्त्रको पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने आश्वासन पनि दिएको छ।


परराष्ट्रमन्त्री एस. जयशंकरसँगको भेटमा राष्ट्रपति अनुरा कुमारा दिसानायकेले समृद्ध श्रीलंकाको आफ्नो सपना साकार पार्न र जनताको आकांक्षा पूरा गर्न भारतको आर्थिक सहयोग महत्त्वपूर्ण भएको बताए। दिसानायकेले श्रीलंकाको भूभागलाई भारतको सुरक्षा हितमा प्रतिकूल असर पार्ने गतिविधिका लागि प्रयोग गर्न दिइने छैन भनी दोहोर्‍याए। श्रीलंका भ्रमणमा पुगेका जयशंकरले भारतले श्रीलंकासँग द्विपक्षीय ऋण पुनर्संरचनामा एमओयूमा हस्ताक्षर गर्ने र निजी बन्ड होल्डर ऋण पुनर्संरचना सम्झौतालाई समर्थन गर्ने आश्वासन दिए।


जयशंकरले एकदिने भ्रमणका क्रममा श्रीलंकाका प्रधानमन्त्री हरिनी अमरसूरिया र परराष्ट्रमन्त्री विजिता हेरथ, विपक्षी समागी जनता बालवेगया पार्टीका नेता सजित प्रेमदासा र पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई पनि भेटेका थिए। दिसानायकेसँगको भेटमा जयशंकरले कसरी ऊर्जा उत्पादन एवम् प्रसारण र इन्धन र एलएनजी आपूर्तिको क्षेत्रमा जारी पहलहरूले श्रीलंकामा आर्थिक स्थायित्वमा योगदान दिनेछ र राजस्वको नयाँ स्रोतहरू प्रदान गर्नेछ भन्ने कुरो बताए।


भारतीय परराष्ट्र मन्त्रालयले जारी गरेको बयानमा श्रीलंकाका राष्ट्रपतिले भनेका छन् कि भारतको आर्थिक सहयोग “समृद्ध श्रीलंकाको आफ्नो सपना साकार पार्न र जनताको आकांक्षा पूरा गर्न महत्वपूर्ण छ।” परराष्ट्र मन्त्रालयले सुरक्षा र रक्षाका मामिलामा भारत र श्रीलंकाको हित नजिकको सम्बन्ध रहेको भेटघाटले देखाएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ” विश्वास, पारदर्शिता र पारस्परिक संवेदनशीलता प्रवर्द्धन गर्ने निरन्तर वार्ताको महत्त्वलाई स्वीकार गरिएको छ।” राष्ट्रपतिले श्रीलंकाको भूभाग भारतको सुरक्षा हितमा प्रतिकूल हुने गतिविधिका लागि प्रयोग हुन नदिने कुरा दोहोर्‍याए। भारतले श्रीलंकाको बन्दरगाह नजिक चिनियाँ अनुसन्धान जहाजहरूको उपस्थितिमा नियमित रूपमा आपत्ति जनाउँदै आइरहेछ।
दिसानायकेले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘पर्यटन, ऊर्जा र लगानीमा सहकार्य बढाउने विषयमा भारतसँग छलफल भएको थियो । डा. जयशंकरले श्रीलंकाको अर्थतन्त्र सुधार गर्न भारतको समर्थनलाई पुन: पुष्टि गरे। मत्स्य पालन, सुरक्षा र राष्ट्रिय एकताका विषयमा निरन्तर सहयोगको महत्वबारे पनि छलफल भएको थियो ।


श्रीलंकाको राष्ट्रपतिको मिडिया प्रभाग (पीएमडी) द्वारा जारी बयानअनुसार, राष्ट्रपति दिसानायकेले श्रीलंकाको हालैको आर्थिक संकटको समयमा प्रदान गरिएको आर्थिक सहयोगको लागि भारतको प्रशंसा गरे र निरन्तर सहयोगको महत्त्वमा जोड दिए। श्रीलंकाको ऋण पुनर्संरचना प्रयासहरूको बारेमा कुरा गर्दै, जयशंकरले सम्झना गराए कि, भारतले सुरुदेखि नै श्रीलंकाको अर्थतन्त्रको स्थायित्व र सुधारको समर्थन गर्दै आएको छ र वित्तिय सुनिश्चित गर्ने भारत पहिलो देश हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *