चीनसँगको सम्झौता खारेज गर्नुपर्ने मागसहित माइतीघरमा प्रदर्शन

0
Protest at Maitighar Demanding Agreement Cancellation with China

Protest at Maitighar Demanding Agreement Cancellation with China

काठमाडौं : चीनसँगको भैंसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै विभिन्न संघसंस्थाले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

विभिन्न अहिंसावादी संघ, संस्था, साकाहारी संघलगायतले भैंसीको मासु निर्यात सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले आफू पनि बाचौं र अरुलाई पनि बाँच्न दिऔं, मासु निर्यात सम्झौता खारेज गरौं, सम्पूर्ण प्राणिप्रति करुणाभाव राखौंलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

उनीहरूले चीनसँगको भैंसीको मासु निर्यात सम्झौता उचित नभएकाले यसलाई खारेज गर्नुपर्ने माग गरेका थिए। सम्पूर्ण प्राणीको जीवनरक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराउन विरोध गरेको उनीहरूले बताए। प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगा भैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको भएको थियो। 

सरकारले भने नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा उक्त सम्झौता महत्त्वपूर्ण हुने बताउँदै आएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *