प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग मंसिर १८ मा भेटवार्ता तय

Prime Minister Oli's meeting with the Chinese President
आउँदो १७ गतेबाट चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ ।
प्रधानमन्त्रीको भ्रमणको बिहीबार मन्त्रिपरिषद् बैठकले औपचारिक स्वीकृत गरेको हो । प्रधानमन्त्रीको भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनको फलोअप, बीआरआईमा सहकार्य र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुदान सहयोगका लागि प्रस्ताव लगायतका एजेण्डामा छलफलको तयारी छ। तर द्विपक्षीय छलफलका औपचारिक एजेण्डाहरू भने सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सबाट जाने छन् ।