चीनलाई खुसी पार्दै प्रधानमन्त्री ओली, भने– देशमा चीन विरोधी गतिविधि हुन नदिने

No anti-China acts will be allowed in Nepal PM KP Sharma Oli
प्रधानमन्त्री के.पी. शर्मा ओलीले एकपल्ट फेरि चीन मोह देखाएर आफ्नो पुरानो चीन समर्थकको छविलाई कायम राखेका छन्। आइतबार उनले चीनको पक्षमा ठूलो घोषणा गरे। जसको कारण छिमेकी राष्ट्रसँग नेपालको सम्बन्धमा मनमुटाव आउन नसक्ला भन्न मिल्दैनष आफ्नो अघिल्लो कार्यकालमा भारतसँगको सम्बन्ध बिगारेका केपी ओली यस कार्यकालमा फेरि चीनको मोह जालमा पर्दै गएका छन् । प्रधानमन्त्री केपी ओलीले देशमा चीन विरोधी गतिविधि हुन नदिने बताउँदै ‘एक चीन’ नीतिलाई समर्थन गर्ने बताए । चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चेन जिनिङको नेतृत्वमा आएको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा ओलीले नेपालक यो कुरा बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा चिनियाँ प्रतिनिधिमण्डलसँग तिनको भेटवार्ता भएको थियो। ‘एक चीन’ नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याणउँदै ओलीले नेपालको सीमाभित्र कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने प्रतिनिधिमण्डललाई प्रतिबद्धता जताए । उल्लेखनीय कुरा के छ भने, चीनले आफूबाट अलग भएको देश ताइवान आफ्नो हिस्सा भएको दाबी गर्छ र चीनसँग कूटनीतिक सम्बन्ध राख्ने सबै देशले ‘एक चीन’ नीति अवलम्बन गर्नुपर्ने अनिवार्य रहेको बताएको छ ।
भेटका क्रममा चीनका लागि यति ठूलो घोषणा गरेका ओलीले अब नेपालको आर्थिक विकासमा चीनबाट निरन्तर सहयोगको अपेक्षा गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) पार्टीहरुबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले सरकार–सरकार, जनता–जनता र ऐतिहासिक सम्बन्धलाई अभिवृद्धि गर्नका साथै व्यापार प्रवर्द्धन गर्न उच्चस्तरीय भ्रमण आवश्यक रहेकोमा जोड दिए । साथै उनले चीनको गरिबी न्यूनीकरण र समग्र विकासमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व र राष्ट्रपति सी जिनपिङको भूमिकाको प्रशंसा गर्दै नेपालमा पनि यस्तै प्रगतिको आशा व्यक्त गरे ।
उनले नेपालका दुई ठूला दल नेकपा (एमाले) र नेपाली काँग्रेस मिलेर बनेको गठबन्धन सरकारबारे पनि प्रतिनिधिमण्डललाई जानकारी गराए । अर्कोतिर चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य चेनले नेपालको सुख र समृद्धिका लागि चीनको समर्थन दोहोर्यागए। उनले नेपालको राजनीतिक दलले गरेका निर्णयलाई चीनले सधैं सम्मान गर्ने बताए । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेकपा (एमाले) सचिव तथा नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ सहभागी थिए । महत्त्वपूर्ण कुरा के भने नेकपा (एमाले) का अध्यक्ष ओलीलाई चीन समर्थक नेताका रुपमा हेरिन्छ । ओलीको यो प्रतिबद्धतापछि उनको चीन समर्थकको छवि अझै प्रष्टिएर गएको छ।