प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, सम्बन्ध सुध्रिने संकेत!

Prime Minister Oli invited the Indian Prime Minister to visit Nepal, a sign of improving relations
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । परराष्ट्र सचिव विक्रम मिश्रीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री ओलीलाई नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको प्रधानमन्त्री सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गत महिना पुष्पकमल दाहालको सरकार ढलेपछि चौथो पटक प्रधानमन्त्रीका रुपमा सपथ लिएका ओलीलाई चीन समर्थकको दृष्टिले हेरिन्थ्यो, तर अहिले उनले भारतसँग पनि घनिष्ठ सम्बन्ध स्थापित गर्न खोजिरहेका छन्।
केपी शर्मा ओली नेपालको सबैभन्दा ठूलो राजनीतिक अनुहारमध्ये एक हुन् । उनी सन् २०१५ मा पहिलो पटक प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका थिए । उनी सन् २०१८ अनि २०२१ र २०२४ मा पनि प्रधानमन्त्री बनेका छन् । ओली भारतप्रति कडा अडान र चीनतर्फ झुकाव भएका नेताका रूपमा चिनिन्छन्। ओली सत्तामा आएपछि भारतले नेपाललाई लिएर धेरै चिन्ता पनि व्यक्त गरेको थियो। तर, अब प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएपछि दुई देशबीचको सम्बन्धमा सकारात्मक कुरा आउने विश्वास गरिएको छ ।
ओलीले नेपालमा चीनलाई समर्थन गर्दै आएका थिए। यसको साथै पछिल्लो समय भारतको मुख्य चिन्ता बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा रहेको छ किनकि यस परियोजनालाई विस्तार गर्न ओलीले चीनलाई साथ दिने मानिएको छ । भारतले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको मुद्दामा चीनको बीआरआईको कडा आलोचना गर्दै आएको छ। यस परियोजनामा चीन-पाकिस्तान आर्थिक करिडोर (CPEC) पनि समावेश छ, जुन पाकिस्तान प्रशासित कश्मीर हुँदै जान्छ। नेपाल सन् २०१७ मा चीनको यो पहलमा सामेल भएको थियो । दुई देशबीच भएको सम्झौतामा ३५ वटा आयोजना सूचीकृत भएका छन् । तर, बीआरआईअन्तर्गत एउटा पनि आयोजना नेपालमा सुरु भएको छैन । नेपालले बेइजिङसँग कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेको छैन।
चीनप्रति ओलीको नरम दृष्टिकोणलाई हेर्दा उनले यी आयोजना कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर गर्न सक्ने अनुमान गरिएको छ । तर, गठबन्धन सरकारलाई हेर्दा ओली सन्तुलित परराष्ट्र नीति लिएर अगाडि बढ्ने विश्वास पनि विज्ञहरूले व्यक्त गरेका छन् । वर्तमानमा गठित नयाँ गठबन्धनको नेपाल सरकारले भर्खरै सरकारले तटस्थ परराष्ट्र नीति अवलम्बन गर्ने बताएको छ । यसर्थ यो सरकारमा प्रधानमन्त्री ओलीले सन्तुलित विदेश नीति अप्नाउने अनि भारतसँग आफ्नो घनिष्ठता बढाउने अनुमान विज्ञहरूले लगाएका छन्।