महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट

0
Petition to the Supreme Court for the illegal mining of the Kamala-Kanchanpur highway by the Chinese company

Petition to the Supreme Court for the illegal mining of the Kamala-Kanchanpur highway by the Chinese company

महेन्द्र राजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्यको ठेक्का पाएको चीनको चाइना रेल्वे–२ इन्जिनियरिङ ग्रुपले  अवैध रूपमा उत्खनन गरेर दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 

ठेक्काका लागि आवश्यक हुने रोडा, बालुवा र ढुंगा निर्वाधरुपमा अवैध उत्खनन गरेको स्थानीयहरूको विरोधका बिचमा पनि उक्त कार्य भएकाले तत्काल रोक्नु भनि अन्तरिम आदेशको माग गरिएको छ । चक्रवर्ती ल कलेजमा अध्ययनरत छात्रा आँचल कुमारीले रिट दायर गरेका हुन् । 

मधेस प्रदेशको सिरहा र सप्तरीमा चाइना रेल्वेले अवैध उत्खननलाई तीव्र पारेको तर सरोकारवाला निकायहरू मौन रहँदै आएको  रिटमा दाबी गरिएको छ । 

सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, नरहा गाउँपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिकामा चिनियाँ रेल्वेले यसरी अवैध उत्खनन गरिरहेको रिटमा दाबी गरिएको छ । 

लहान नगरपालिकामा पर्ने सरेदेखि चुरेसम्म अवैध उत्खनन गरिरहेको देखेपछि जिससले प्रयोग गरिरहेको डोजर (जेसिवी) नियन्त्रणमा लिइएर जरिवाना तिरेर छोडेको तर पुनः उक्त उत्खनन जारी रहेको रिटमा उल्लेख छ । 

जिससका अनुसार नगरपालिकासँग डेढ फिट गहिराई र ३ किलोमिटर दुरीमा उत्खनन गर्ने सम्झौता भएको थियो । तर चाइना रेल्वेले १३ फिटसम्म गहिराई गरेर उत्खनन गरेको भेटिएको छ । मापदण्ड र सहमति विपरीत अवैध उत्खनन गरेपछि चाइना रेल्वेलाई केही समय अघि १२ लाख जरिवाना गराएको थियो ।

हाल कर्जन्हा नगरपालिकाको कमला खोला, मिर्चैया, नरहा, धनगढीमाई र गोलबजार क्षेत्रमा व्यक्तिको निजी जग्गा भाडामा लिएर रातारात उत्खनन चाइना रेल्वेले गर्दै आएको आरोप छ । त्यस्तै सप्तरीको सुरूङ्गा र फत्तेपुर नगरपालिका क्षेत्रमा पनि चाइना रेल्वेले उत्खनन तीव्र बनाएको रिटमा उल्लेख छ । 

महेन्द्र राजमार्गको १ हजार २७ किलो मिटर सडक स्तरोन्नति गर्न चाइना रेल्वेले नेपाल सरकारसँग ग्लोबल टेण्डरमा भाग लिँदै ठेक्का पाएको थियो । जसअन्तर्गत अहिले कमला–कञ्चनपुर ४७ किलो मिटर सडक ग्रामीण क्षेत्रमा ४ लेन र सहरी क्षेत्रमा ६ लेनको स्तरोन्नति कार्य भइरहेको छ । सरकारले यसलाई महत्वको योजनाको रूपमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *