नेपालले शुक्रबारदेखि बंगलादेशलाई बिजुली बेच्ने

0
Nepal will sell electricity to Bangladesh from Friday

Nepal will sell electricity to Bangladesh from Friday

 नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो । 

भारतले स्वीकृती दिइसकेकोले शुक्रबार नेपाल, भारत र बंगलादेशका तीन जनै ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गरेर बिजुली पठाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘भोलि १२.४५ मा भर्चुअल माध्यमबाट उद्घाटन गरेर बंगलादेशमा बिजुली पठाउँछौं,’ उनले भने, ‘यस वर्षका लागि भोलि राति १२ बजेसम्म मात्रै बिजुली बेच्छौं ।’

शुक्रबार करिब ११ घण्टामात्रैं बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रूपैयाँ आम्दानी गर्ने छ । भारतबाट स्वीकृति आएसँगै शुक्रबारदेखि बंगलादेशलाई बिजुली बिक्री गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । ‘दुई आयोजनाको बिजुली बंगलादेशलाई बेच्न भारतले सहमति दिएको छ, यस वर्षका लागि शुक्रबार बंगलादेशलाई बिजुली बिक्री गर्छौं,’ उनले भने ।

बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने घोषले बताए । कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । साेहीअनुसार नेपालले यस वर्ष शुक्रबार मात्रै बंगलादेशलाई बिजुली बेच्दैछ । त्यसपछि बंगलादेशलाई बिजुली बेच्न अर्को वर्ष कुर्नु पर्नेछ । नेपालले हरेक वर्ष जुन १५ देखि नाेभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ ।

गत असोज १७ मै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भए पनि भारतले स्वीकृति दिएको थिएन । सोही कारण सम्झौता भएको महिना दिनसम्म नेपालले बंगलादेशलाई बिजुली बिक्री गर्न रोकेको थिएन ।

सम्झौता हुँदा यसैवर्ष एक दिन भए पनि बिजुली बिक्री गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए । साेहीअनुसार बिजुली बिक्री गर्न लागेको हो । ६ वर्षको गृहकार्यपछि भएको नेपाल र बंगलादेश विद्युत् बिक्री सम्झौता(पीएसए) कार्यान्वयनमा आउने भएको छ ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायककम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाएको छ ।

भारतको बजारमा बिजुली बिक्री गर्न २५मेगावाटको त्रिशूली र २२मेगावाटको चिलिमे जलविद्युत् आयोजनाले यसअघि नै स्वीकृति पाइसकेको छ । भारतमा बिक्री गर्न स्वीकृति पाइसकेका यी आयोजनाको बिजुली बंगलादेशमा निर्यात गर्न नेपालले फेरि भारतसँग स्वीकृति लिनुपर्नेछ । भारतले स्वीकृित दिएसँगै बंगलादेशमा बिजुली निर्यात गर्न बाटो खुलेको हो ।

कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख१६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

नेपालले डलरमा विद्युत् बिक्री गर्न लागेको पहिलो पटक हो । यसअघि भारतसँग भारतीय रुपैयाँ (भारु) मै कारोबार हुँदै आएको छ । बंगलादेशलाई बिजुली बिक्री हुँदा मुलुकलाई प्रतिमहिना ३३ करोड रुपैयाँआम्दानी हुने प्रक्षेपण प्राधिकरणको छ ।

बंगलादेशको सीमासम्म पुग्दा विद्युत्‌को मूल्य प्रतियुनिट करिब ७.६ सेन्ट पुग्नेछ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ । त्यसका लागि विद्युत्‌को मिटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्नेछ ।

मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्नेछ । बंगलादेश निर्यात हुने बिजुलीको मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्‌को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *