चिनियाँले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीको छापा, ५ महिलासहित ५० जना पक्राउ

0
Nepal Police Raided Chinese-run Call Center, Arrested 50 People Including 5 Women- The Nepal Times

Nepal Police Raided Chinese-run Call Center, Arrested 50 People Including 5 Women

विश्वभरि आफ्नो प्रभुत्व बढाउन खोजिरहेको चीनले नेपालमा पनि आफ्नो प्रभाव जमाउन खोजिरहेछ। यसै क्रममा धेरै मात्रामा चिनियाँ नागरिकहरू नेपालमा बसोबास गरिरहेका छन्। उनीहरू विभिन्न प्रकारका अवैध क्रियाकलापमा जडित छन्। नेपालमा पछिल्ला वर्षहरूमा अपराधकर्ममा संलग्न विदेशीहरूमा चिनियाँ नागरिकहरू अगाडि देखिएको छ। यसैबीच ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न दुई जना चिनियाँ नागरिक र एक फिलिपिनोसहित ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त कल सेन्टरबाट अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा २७ गते, बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको थियो ।


छापामारीको क्रममा २ चिनियाँ र १ फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेकामध्ये पाँच जना महिला छन् । प्रवक्ता बोगटीका अनुसार उनीहरूले पुरै घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए । चिनियाँले सञ्चालन गरेको उक्त कल सेन्टरमार्फत् नेपालीहरूलाई आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको प्रवक्ता बोगटीले बताए ।


‘अहिले दुई चिनियाँ, एक फिलिपिनो र ४७ जना नेपालीसहित ५० जनालाई हामीले नियन्त्रणमा लिएका छौँ । उनीहरूलाई म्याद थपका लागि ललितपुर जिल्ला अदालतमा पुर्‍याउँदैछौँ,’ उनले भने, ‘कल सेन्टरबाट मानिसहरूलाई लोभलालचमा पारी अवैध कारोबार गर्ने र ठगी गर्ने, क्रिप्टो करेन्सीमा लगानी गराउने जस्ता अवैध कारोबार भइरहेको बुझिएको छ । थप अनुसन्धानपछि खुल्छ ।’ यो गिरोहको आपराधिक पृष्ठभूमि दुबईसम्म जोडिएको बताइएको छ ।


जानकारीअनुसार पक्राउ परेकामध्ये चिनियाँ नागरिक डिङ जिआहोङ र लिन क्वीङजिन यसअघि दुबईमा कल सेन्टर र क्रिप्टो कारोबार गरेकै आरोपमा पक्राउ परी डिपोर्ट भएका अभियुक्त हुन् । दुबईमा ३ सय ५० जना नेपाली, भारतीय र अफ्रिकनमूलका नागरिकलाई यी २ चिनियाँ नागरिकले ‘लीड’ गर्थे । अपार्टमेन्ट भाडामा लिएर कल सेन्टर चलाउँदा एक अफ्रिकीले पैसाको लफडा झिकेपछि उसलाई अपार्टमेन्टको छतबाट धकेलेर हत्या गरिदिएपछि डिङ र लिनको गिरोह दुबई प्रहरीको नियन्त्रणमा पुगेको थियो ।


सीआईबीले यो गिरोहबाट बरामद गरेको १९४ वटा मोबाइल र कम्प्युटर डीएफएलका लागि विधिविज्ञान प्रयोगशाला पठाएको छ । त्यसबाट रिपोर्ट आएपछि उनीहरूको थप कर्तुत खुल्दै जाने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *