नेपालका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभामा पर्वतीय इकोसिस्टम वकालतका लागि सगरमाथा संवादमा विश्व नेताहरूलाई निम्तो

0
Nepal PM Oli Invites Global Leaders To Sagarmatha Sambad For Mountain Ecosystem Advocacy At UN General Assembly- The Nepal Times

Nepal Prime Minister KP Sharma Oli addresses a session of the House of Representatives in Nepal on August 22, 2024, answering the queries of lawmakers. (Photo by Sanjit Pariyar/NurPhoto via Getty Images)

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ लाई आइतबार सम्बोधन गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हाल न्यूयोर्कमा छन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बसेको बैठकलाई सम्बोधन गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले अल्पविकसित देशहरूको समूहको साझा चुनौती रहेको गरिबी निवारणका लागि औद्योगिकीकरण र उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । विकसित मुलुकले हरितगृह ग्यास उत्सर्जनका कारण अल्पविकसित मुलुकमा नराम्रो असर परेको भन्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनमा थप लगानी गर्न आग्रह गरे । गरिबीका कारण लाखौं बालबालिका खाना र शिक्षाको अधिकारबाट वञ्चित रहेको उल्लेख छ । उनले गरिबी निवारणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई नेपालले हिमाली इकोसिस्टमको एजेण्डालाई च्याम्पियन गर्ने उद्देश्यले सगरमाथा संवादको आयोजना गरिरहेको जानकारी दिँदै यो संवाद मञ्चलाई सम्बोधन गर्न हार्दिक निमन्त्रणा पनि दिएका छन् ।

बैठकमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *