नेपाल-भारतबीच दुईवटा पेट्रोलियम पाइपलाइन बिछ्याउने सम्झौता

Nepal Oil Corporation and Indian Oil Corporation Agreement to Construct Two Petroleum Pipelines
नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण स्थल निर्माण परियोजनाका लागि सम्झौता भएको छ । भारतको सिलगढीदेखि नेपालको झापासम्म र नेपालको अमलेखगञ्जबाट चितवनसम्म दुईवटा पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपाल र भारतबीच सम्झौता भएको हो। बिहीबार भारतको नयाँ दिल्लीमा नेपाल आयल निगम र भारतीय आयल निगमबीच झापामा ४० हजार किलोलिटर क्षमताको दुई पाइपलाइन र पेट्रोलियम भण्डारण निर्माण गर्ने सम्झौता भएको निगमले जानकारी दिएको छ ।
जस अुनसार सिलगुढीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन, बारा अमलेखगन्जको पाइपलाइनलाई चितवनसम्म विस्तार र झापामा इन्धन भण्डारण गृह इन्डियन आयल कर्पोरेशनले करिब १५ अर्ब अनुदानमा बनाइदिने भएको हो ।
सम्झौता पत्रमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिका भट्ट र आईओसी पाइपलाइन परियोजनाका मेनेजिङ डाइरेक्टर सेन्थल कुमारले हस्ताक्षर गरेका छन् । तीन वटा परियोजना आइओसीले अनुदानमा बनाइदिने र चितवनको भण्डारण स्थल निगमको लगानीमा निर्माण गर्ने गरी सम्झौता भएको निगमले जनाएको छ ।
नयाँ दिल्लीमा आयोजित एक समारोहका बीच नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र भारतीय आयल निगमका निर्देशक सेन्थल कुमारले यी सम्झौतामा हस्ताक्षर गरे । भारत सरकारको पेट्रोलियम तथा प्राकृतिक ग्यासका सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेशनका अध्यक्ष सतीश कुमारको उपस्थितिमा B2B फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको हो । भारतको सिलगढीदेखि नेपालको झापाको चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गरिने भएको छ । भारतले चारआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माण गर्न पनि अनुदान दिने भएको छ ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका थिए । यो घोषणाअनुसार बारा जिल्लाको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण गरिने भएको छ । यो निर्माण कार्यमा भारतले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ ।
नेपाल आयल निगमले चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माणमा लगानी गर्ने भएको छ । यी आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ लाग्ने निगमले जनाएको छ । यसअघि भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म नेपाल र भारतबीचको पहिलो अन्तर्राष्ट्रिय पेट्रोलियम पाइपलाइन निर्माण भएको थियो, जसको २०१९ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए। यो पाइपलाइनको लम्बाइ ६९.१ किलोमिटर छ ।