चिनियाँ ठेकेदारको लापरबाही बुटवल नारायणगढ सडक खण्ड जाम गर्ने चेतावनी

0
Negligence of Chinese Contractor Block Butwal Narayangarh Road- The Nepal Times

Negligence of Chinese Contractor Block Butwal Narayangarh Road

पुर्वी नवलपरासीमा बुटवल नारायणगढ सडक खण्डको कावासोती १६ डण्डाका स्थानियले सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । उनिहरुले सोमबार नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाउदै सो कुरा बताएका हुन् ।

उनिहरुले सडकको धुलोले फोक्सोको समस्या देखिन थालेको, धुलोका कारण बजार नै बन्द गर्नुपर्ने लगायत समस्या देखिएको भन्दै छिटो भन्दा छिटो डण्डा बजारको सडक कालोपत्रे गर्न जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । विगत ४ बर्ष देखि आफुहरुले सडकको धुलो खानुपरेकोले छिटो सडक निर्माण गरि आफुहरुले भोग्नु परेको सास्ती न्युनिकरण गर्न जिल्ला प्रशासन मार्फत पहल गरिदिनुहुन स्थानिय भवानी रायमाझीले बताए ।

उनिहरुले सडकको धुलो नियन्त्रणमा चासो नदिए आफुहरु सडक अवरुद्ध गर्ने देखि थप आन्दोलनका कार्यक्रममा जाने समेत बताएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले आफुले सक्दो पहल गरिरहेको र सम्वन्धित पक्षसंग थप तदारुकताकासाथ छलफल गरि समस्याको समाधानमा लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *