मुइज्जुको मन परिवर्तन, चीनबाट खोसेर भारतलाई हस्तान्तरण गरे ठूलो परियोजना

0
Muizzu's change of mind, a big project was taken away from China and handed over to India- The Nepal Times

Muizzu's change of mind, a big project was taken away from China and handed over to India

भारत भ्रमणमा आका माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले ठूलो निर्णय लिएका छन् । उनले माल्दिभ्सस्थित चिनियाँ कम्पनीबाट लामू गाधू ट्रान्ससिपमेन्ट पोर्ट आयोजना खोसेर भारतलाई हस्तान्तरण गरेका छन् । यो आयोजना यसअघि चिनियाँ कम्पनीले निर्माण गर्ने भनिए पनि ग्राउण्ड वर्क भने पूरा हुन सकेको थिएन । लामू गाधू ट्रान्सशिपमेन्ट बन्दरगाह आयोजना भारतका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ । माल्दिभ्स सरकारको विज्ञप्तिमा भारतसँगको सहकार्यमा लामू गाधू ढु ट्रान्ससिपमेन्ट बन्दरगाह आयोजना सम्पन्न गर्ने निर्णय भएको बताइएको छ।


रिपोर्टअनुसार माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको भारत भ्रमणका क्रममा गाधू र इहाभन्धिप्पोल्हुमा ट्रान्ससिपमेन्ट बन्दरगाहमा सँगै काम गर्ने सहमति भएको छ । गाधूमा एक एकीकृत सामुद्रिक केन्द्र स्थापना गर्न चीनको सीएएमसीई कम्पनी लिमिटेडसँग अप्रेल ११ मा एमओयूमा हस्ताक्षर भएको थियो । गाधूमा आयोजना अन्तर्गत कुनै पनि व्यावहारिक काम नभएको स्याटेलाइट तस्विरले पुष्टि गरेको छ ।


उल्लेखनीय छ, लामू गाधू ट्रान्सशिपमेन्ट बन्दरगाह आयोजनाको काम सम्पन्न गर्ने पहिलो ठेक्का चिनियाँ कम्पनीलाई दिइएको थियो । माल्दिभ्स सरकारले चीनको सीएएमसीई कम्पनी लिमिटेडसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । यस आयोजनामा चिनियाँ कम्पनी निकै अल्छी भएको र काम निकै सुस्त गतिमा भइरहेको बताइएको छ । यसबाट मुइज्जु रिसाए अनि भारतसँग यो परियोजनामा काम गर्ने योजना बनाएको पनि बताइएको छ।


माल्दिभ्सको मिडिया अधाधुको रिपोर्ट अनुसार यस आयोजनामा संलग्न चिनियाँ कम्पनीलाई प्रमुख अन्तर्राष्ट्रिय बैंकहरुले ब्लैकलिस्ट गरेको छ । माल्दिभ्सको तर्फबाट माल्दिभ्स पोर्ट्स लिमिटेड (MPL) ले सीएएमसीसँग सम्झौता गरेको थियो । माल्दिभ्स सरकारले सीएएमसीईसँगको सम्झौता रद्द भएको हो वा होइन भन्ने बताएको छैन। त्यसैले मालदिभ्स सरकारले भारतसँगको सहकार्यमा यो आयोजनालाई कसरी अगाडि बढाउने भन्ने कुरा स्पष्ट छैन ।


माल्दिभ्सले अप्रिलमा गाधू एकीकृत सामुद्रिक केन्द्रमा ट्रान्सशिपमेन्ट पोर्ट, क्रुज टर्मिनल, याट मरीना र इको-रिसोर्ट विकास गर्ने घोषणा गरेको थियो। माल्दिभ्स इन्डस्ट्रियल डेभलपमेन्ट फ्री जोन (MIDFZ) लाई इहाभन्धिपोल्हु क्षेत्रलाई विशेष आर्थिक क्षेत्र र माल्दिभ्स इकोनोमिक गेटवेको रूपमा विकास गर्ने जिम्मा दिइएको छ। तर, आयोजना अहिलेसम्म कुनै पनि कम्पनीलाई दिइएको छैन ।


माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु र प्रथम महिला साजिदा मोहम्मदले मंगलबार ऐतिहासिक ताजमहलको भ्रमण गरे र 17 औं शताब्दीको यो अद्भुत वास्तुकलाको वर्णन गर्न कुनै शब्द नरहेको बताए। चार दिने द्विपक्षीय भ्रमणमा भारत आएका मुइज्जुले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘यसको सौन्दर्य वर्णन गर्न गाह्रो छ । यो मनमोहक सम्पदा उत्कृष्ट प्रेम र वास्तुकलाको प्रमाण हो।”


स्मरण रहोस्, मुइज्जुलाई चीन समर्थक मानिन्छ। उनले आफ्नो चुनावी अभियानमा भारत विरोधी एजेन्डालाई पनि प्रचार गरेका थिए । उनले इन्डिया आउट अभियान सुरु गरेका थिए, तर अहिले उनको दृष्टिकोण बदलिएको छ । पर्यटन उद्योगमा लगातारको घाटाले भारतसँगको सम्बन्ध बिगार्न आफू र आफ्नो देशलाई नोक्सान भइरहेको उनले बुझेका छन् । यस्तो अवस्थामा यो ट्रान्सशिपमेन्ट बन्दरगाह आयोजनाको सम्झौता भारतका लागि ठूलो कूटनीतिक सफलता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *