भारतीय पर्यटक नआएकोले चिन्तित मालदिभ्स

0
Maldives Worried about lack of Indian tourists- The Nepal Times

Maldives Worried About Lack of Indian Tourists

चीनको दास बनेका मोहम्मद मुइज्जु सत्तामा आएदेखि माल्दिभ्सले भारतीय पर्यटकका लागि बाटो कुर्नु पर्ने परिस्थिति उत्पन्न भएको छ। सबै प्रयासका बाबजुद पनि माल्दिभ्सको सरकार भारतीय पर्यटकलाई आकर्षित गर्न असफल भएको छ, जसले देशको पहिलेदेखि नै कमजोर अर्थतन्त्रलाई असर गरिरहेको छ। पछिल्लो दुई वर्षमा भारत माल्दिभ्सको पर्यटन बजारमा सबैभन्दा ठूलो भागीदार बनेको छ, तर यो वर्ष भारतीय पर्यटकको संख्यामा तीव्र कमी आएको देखिएको छ।


यस वर्ष माल्दिभ्समा भारतीय पर्यटकको संख्या ५० हजारभन्दा बढीले घटेको छ । माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष २४ सेप्टेम्बरसम्म भारतबाट १ लाख ४६ हजार ५७ पर्यटक मालदिभ्स पुगेका थिए । त्यस्तै, यस वर्षको सेप्टेम्बर २४ मा भारतबाट आउने पर्यटकको संख्या ८८ हजार २०२ मात्र रहेको छ । यसरी भारतीय पर्यटकको संख्या ५७ हजार ८ सय ५५ ले घटेको छ । जसले यहाँको सरकारलाई चिन्तित बनाएको छ।


मोहम्मद मुइज्जुको सरकारका तीन मन्त्रीले सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणी गरेपछि मालदिभ्समा भारतीय पर्यटकको संख्यामा यो वर्षमा कमी आएको हो। यसपछि भारतमा माल्दिभ्सको पर्यटन बहिष्कार गर्ने ठूलो अभियान चल्यो, जसलाई भारतका प्रख्यात हस्तीहरूले पनि समर्थन गरेका थिए।


यद्यपि, चर्को विरोध देखेर माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले तीनै मन्त्रीलाई निलम्बन गरे पनि त्यतिन्जेल देशलाई धेरै क्षति भइसकेको थियो । त्यसयता माल्दिभ्समा पहिलेजस्तो भारतीय पर्यटक आएका छैनन् । माल्दिभ्स सरकारले भारतसँगको सम्बन्ध सुधार्न थालेको छ । पर्यटकलाई आकर्षित गर्न माल्दिभ्सले वेलकम इन्डिया अभियान सुरु गरे पनि यो अभियानले पनि भारतीय पर्यटकको मन जित्न सकेको छैन । तर, यसबीचमा चीन र पश्चिमी युरोपेली मुलुकबाट माल्दिभ्स आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *