भारतीय प्रधानमन्त्री मोदीले दिए चीनलाई कडा सन्देश

0
Indian Prime Minister Modi gave a Strong Message to China

Indian Prime Minister Modi gave a Strong Message to China

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक चीनको ‘विस्तारवादी नीति’लाई निशाना बनाउँदै चीनको कडा आलोचना गरेका छन् । यद्यपि प्रधानमन्त्री मोदीले प्रत्यक्ष रूपमा चीनको नाम लिएनन्, तर स्पष्ट रूपले भने कि भारत विस्तारवाद होइन विकासको पक्षधर हो । ब्रुनाईका सुल्तान हाजी हसनल बोल्कियासँगको एक बैठकअवधि प्रधानमन्त्री मोदीले यस्तो टिप्पणी गरेका हुन्। मोदीले भने, ‘हामी विकासको नीतिलाई समर्थन गर्छौं, विस्तारवादलाई होइन । पीएम मोदीको यो भनाइलाई चीनका लागि कडा सन्देश मानिएको छ, किनभने चीनको धेरै देशसँग सीमा विवाद चलिरहेको छ । उल्लेखनीय कुरा के छ भने चीन र ब्रुनेई बीच दक्षिण चीन सागरलाई लिएर विवाद छ।


भारतीय प्रधानमन्त्री मोदीले चीनको विस्तारवादी नीतिको आलोचना गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि सन् २०२० को जुलाईमा भारतकै लद्दाखको भ्रमणका क्रममा उनले चीनलाई स्पष्ट सन्देश दिँदै विस्तारवादको युग समाप्त भएको बताएका थिए । त्यतिबेला उनले भनेका थिए- जुन शक्ति विस्तारवादबाट प्रेरित हुन्छ, त्यसले सधैँ विश्वका लागि सधैं उत्पन्न गर्छ र त्यस्ता शक्तिहरू या त नष्ट भएको छ वा पछि हट्न बाध्य भएको छ । त्यस्तै प्रकारले, फेब्रुअरी २०१४ मा पनि मोदीले अरुणाचल प्रदेशको मुद्दामा चीनको विस्तारवादी नीतिको आलोचना गरेका थिए।


चीनको सीमाहरू १४ वटा देशहरूसँग जोडिएको छ र लगभग सबैसँग उसको कुनै न कुनै सीमा विवाद छ। भारत, अफगानिस्तान, भुटान, कजाकिस्तान, उत्तर कोरिया, किर्गिस्तान, लाओस, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान, रुस, ताजिकिस्तान र भियतनामलगायत १४ देशसँग चनको सीमा जोडिएको छ। चीनलाई विस्तारवादी किन भनिन्छ भने उसले आफ्नो वरपरका क्षेत्रहरू क्रमशः कब्जा गर्दै गइरहेको छ। आज चीन ९७ लाख वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल भएको विश्वको तेस्रो ठूलो देश हो, जुन भारतभन्दा तीन गुणा ठूलो छ।


चीनको विवाद जमिनमा मात्र सीमित छैन, तर सामुद्रिक क्षेत्रसम्म पनि फैलिएको छ । चीनले इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, मलेसिया, ताइवान र ब्रुनाईसँग सीमा जोडिएको दक्षिण चीन सागरमाथि दाबी गर्दै आएको छ। चीनले यहाँ पनि आफ्नो सैन्य शक्ति बढाएको छ, जसका कारण यस क्षेत्रमा तनाव बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *