काठमाडौं आइपुगे भारतका सेनाध्यक्ष उपेन्द्र द्विवेदी

0
Indian Army Chief Upendra Dwivedi arrived in Kathmandu

Indian Army Chief Upendra Dwivedi arrived in Kathmandu

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् ।

नेपाल र भारतले एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आएका हुन् ।

नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनलाई मंसिर ६ गते राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *