भारतले गऱ्यो नेपाललाई सहयोग : भारतद्वारा ३८ करोडका स्टिल ब्रिजका पार्टपुर्जा नेपाललाई हस्तान्तरण

0
India provided assistance to Nepal: India handed over parts of the steel bridge worth 38 crores to Nepal

India provided assistance to Nepal: India handed over parts of the steel bridge worth 38 crores to Nepal

भारत-नेपालबीच गहिरो सम्बन्ध रहेको कुरा बारम्बार बताइरहने कुरा होइन्। वर्षौँ पुरानो यो मित्रताअनुसार परिआएको खण्डमा दुई मित्र राष्ट्र सधैँ एकार्काका लागि खडा हुने गरेका छन्। भारतले आफ्नो छिमेकी पहिलो नीतिअनुरूप नेपाललाई सधैँ सहयोग पुऱ्याउँदै आएको छ। यसै क्रममा भारत सरकारले नेपाललाई दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप हस्तान्तरण गरेको छ। हालै आएको बाढी र पहिराका कारण अवरूद्ध भएको सडक सम्पर्क पुनर्बहाल गर्नका लागि यी पाटपुर्जा भारतले नेपाललाई प्रदान गरेको बताइएको छ। नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरूले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न नेपालको पुनर्निर्माण प्रयासलाई सहयोग गर्ने उदेश्यका साथ बुधवार उक्त पाटपुर्जा हस्तान्तरण गरिएको हो।


३८ करोडभन्दा बढी मूल्यका यी पुलहरु भारत सरकारले अनुदानको रुपमा प्रदान गरेको नेपालस्थित भारतीय दूताबासले जनाएको छ । दुतावासको तर्फबाट भनिएको छ, ‘नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरुले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न नेपालको पुनर्निर्माण प्रयासलाई सहयोग गर्नेछ ।’
यी सामानहरु वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधवार हस्तान्तरण गरेका हुन्। प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरु आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने पनि जनाइएको छ।


दुतावासबाट जारी विज्ञप्तिमा नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न भारतले अत्यावश्यक सरसफाई सामाग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको २५ टनभन्दा बढीको राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग गरेको पनि बताइएको छ। भारत, नेपाल सरकार र नेपाली जनताको आवश्यकता अनुसार राहत सामग्री र पुनर्निर्माण प्रयासमा हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । जसमा भनिएको छ, ‘भारत सरकार नेपाल सरकार र नेपाली जनताको आवश्यकता अनुसार राहत सामाग्री र पुनर्निर्माण प्रयासमा हरसम्भव सहयोग गर्न प्रतिबद्ध छ ।’


उल्लेखनीय छ, नेपालमा अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँबराबरको क्षति भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको हो । यस्तो स्थितिमा भारत सरकारले पुऱ्याएको सहयोगले नेपालमा सडक सम्पर्क बहाल गर्न धेरै सहयोग मिल्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *