भारतीय सरकार को आर्थिक सहयोगमा म्याग्दीमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

0
Handover of campus and hostel building constructed in Myagdi with financial assistance from the Indian government

Handover of campus and hostel building constructed in Myagdi with financial assistance from the Indian government

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।

नेरु. २.७९३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको म्याग्दीस्थित म्याग्दी बहुमुखी क्याम्पसको क्याम्पस तथा छात्रावास भवनको जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापा र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रुपमा क्याम्पस व्यवस्थापन समितिलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग मानविकी भवन खण्ड, व्यवस्थापन भवन खण्ड, छात्राका लागि छात्रावास भवन तथा अन्य सहयोगी संरचनासहितको क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको थियो ।
यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, म्याग्दीमार्फत कार्यान्वयन गरिएको थियो ।

राजनीतिक प्रतिनिधि, जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्षले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गरेका थिए ।

नवनिर्मित संरचनाले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उच्च शिक्षा तथा छात्रावास सुविधामा पहुँच दिलाउन मद्दत गर्नेछ । साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पु¥याउनेछ ।

म्याग्दी बहुमुखी क्याम्पस सन् १९९६ मा स्थापना भएको हो । यस सामुदायिक क्याम्पसले स्नातक तथा स्नातकोत्तर तहका विषयहरु अध्यापन गराउँदै आएको छ । क्याम्पसमा करिब ९५० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा ७० % छात्राहरु रहेका छन् ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *