चीनको छेन्दु पुगिन् परराष्ट्रमन्त्री राणा

0
Foreign Minister Arzu Rana reached China- The Nepal Times

Foreign Minister Arzu Rana Deuba reached China

परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार बेलुकी चीन सिचुवान प्रान्तको छेन्दु सहर पुगेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी हुन् ।

उनलाई छेन्दुमा चिनियाँ सरकारी अधिकारीहरु र बेइजिङस्थित नेपाली दूतावासबाट गएका अधिकारीहरुले स्वागत गरेका थिए ।

राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप मन्त्री राणा छेन्दु गएकी हुन् ।

उनी शनिबार नेपाल फर्कने छिन् र प्रधानमन्त्रीसँगै मंसिर १७ मा बेइजिङ जाने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *