स्वदेश फर्किन् परराष्ट्रमन्त्री देउवा : भनिन्- भ्रणमले नेपाल-भारतबीच आपसी सद्‌भाव अभिवृद्धि भयो

0
Foreign Minister Arzu Rana Deuba Returned To Nepal She Said That Mutual Harmony Between Nepal And India Has Increased

Foreign Minister Arzu Rana Deuba Returned To Nepal She Said That Mutual Harmony Between Nepal And India Has Increased

आफ्नो पाँच दिवसीय औपचारिक भारत भ्रमण सकेर परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन्। उनले आफ्नो भ्रणमले नेपाल-भारतबीच आपसी सद्‌भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गरिन् । भारतले नेपाललाई नजिकेको छिमेकीका रुपमा लिने रहेछ भन्ने आफूलाई आभास भएको पनि उनले बताएकी छिन्। भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेट गरेकी थिइन्।


राणाले भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन गरेको समेत बताइन् । साथै, उनले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतका विदेशमन्त्री एस. जयशंकरसँगको भेटवार्तामा नेपाल–भारतको व्यापार तथा पारवहन, उर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पश्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधार लगायतको विषयमा छलफल गरेकी थिइन् ।


भारतको पाँच दिने भ्रमण सकेर बिहीबार नेपाल फर्केकी राणाले त्रिभुवनविमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘म नेपालको विदेशमन्त्री भएर जाँदाखेरी उहाँहरुले गर्नुभएको जुन स्वागत थियो, त्यो चाहिँ हामी सबै नेपालीको स्वागत हो। नेपालकै प्रतिनिधि भएको कारणले उहाँहरुले गर्नु भएको हो। भारतले नेपाललाई एकदम उच्च सम्मान र नजिकको छिमेकीको रुपमा लिँदोरहेछ भन्ने मलाई आभास भएको छ।’ राणाले आफ्नो भारत भ्रमण सफल रहेको दावी समेत गरिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र समय मिलाएर आउने जवाफ पाएको उनको भनाइ छ।

पञ्चेश्वर परियोजना, हवाई रुट लगायतका विषयमा आफूले प्रधानमन्त्री मोदीसँग कुरा राखेको मन्त्री राणाको भनाइ छ। पत्रकारहरुसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको आफूले विश्वास लिएको बताएकी हुन् ।
उनी भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएकी थिइन् । भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको उनले जानकारी दिइन् ।


परराष्ट्रमन्त्री देउवाको भारत भ्रमणअवधि भएका नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा व्यापार सम्झौताले भारत र नेपालबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि अभूतपूर्व अवसरहरू खोलेको छ, जुन सम्झौता कार्यान्वयनमा उपलब्ध हुनेछ ।
नेपाल र भारतबीचको सहकार्यको अर्को क्षेत्रका रूपमा खेलकुद उदाइरहेको छ । नेपाली क्रिकेट टोलीका लागि राष्ट्रिय क्रिकेट एकेडेमी, बैंगलोरमा तालिम प्रदान गर्ने भर्खरै गरिएको सुविधालाई नेपालले स्वागत गरेको छ ।

नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रूपमा खेलकुद उदाइरहेको छ । नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेसनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि नेपालले सराहना गरेको छ । नेपालमा हालैका वर्षहरूमा भारतद्वारा सञ्चालित आयोजनाहरूको कार्यान्वयनमा गति आएको छ, जसमा भौतिक, डिजिटलका साथै जनताबीचको सम्पर्क, पूर्वाधारको प्रवद्र्धन र सीमापार रेलमार्ग, सडक र पुलहरू सम्बन्धी अन्य परियोजनाहरूसँगौ एकीकृत चेक पोस्ट, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय जडानजस्ता विभिन्न क्षेत्रहरू समावेश छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *