नेपालको सीमा क्षेत्र कब्जा गर्दैछ विस्तारवादी चीन

Expansionist China is occupying the border area of Nepal
विस्तारवादी सोचले ग्रस्त चीनले श्रीलंका, माल्दिभ्स, म्यानमार, भुटानलगायत अन्य साना तथा अल्पविकसित मुलुकलाई आफ्नो कब्जामा राख्न चाहन्छ। विस्तारवादी चीनको नजर अहिले नेपालमाथि छ । नेपालको हुम्ला जिल्लाका धेरै क्षेत्रमा चीनद्वारा अतिक्रमण भइरहेको छ । चीनले नेपालतर्फको क्षेत्रमा काँडेतार लगाउनका साथ पक्की भवन निर्माण गरेको स्थानीयको दाबी छ ।
तिब्बती पठारको एउटा पहाडमा “चिनियाँ कम्युनिष्ट पार्टी अमर रहोस्” भन्ने नारा पनि लेखिएको बताइएको छ। चिनियाँ सेनाले निर्वासित तिब्बती धर्मगुरु दलाई लामाको तस्बिर नराख्न नेपाली गाउँहरूमासमेत दबाब दिइरहेको छ । यति मात्र होइन, चीनले क्यामेराको सहायताले यी क्षेत्रमा नजर राखिरहेको छ। हुम्लावासीको गुनासो छ कि चिनियाँ प्रहरी र सीमा सुरक्षाकर्मीले नियमित अध्यागमन प्रक्रिया नलिइकन नेपाल प्रवेश गर्ने गरेका छन् । उनीहरू तिब्बती मूलका नेपालीहरूलाई धम्की दिन्छन्। तिब्बतमा जन्मेका तर नेपालमा बस्ने पेमा वाङ्मु लामा भन्छन् चीन शक्तिशाली छ । उसले जे चाहन्छ त्यो गर्न सक्छ। एकदिन हिल्सा पनि निल्छ, कसले वास्ता गर्ला, यहाँ के हुन्छ । वर्तमान चीन समर्थक ओली सरकारले आफ्नो भूमिमा कुनै पनि प्रकारको अतिक्रमणलाई अस्वीकार गर्दै आएको छ । तर, यस क्षेत्रका पूर्वप्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँ चीनको नयाँ ग्रेट वाल बनेको छ, तर हामीले यसलाई हेर्न चाँहदैनौं भनी बताए । अर्कोतिर, नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले तिब्बतसँगको सिमानामा कुनै गुनासो नआएको बताएकी छन्।
हुम्लाको किनारमा चीनको पर्खाल हजारौं माइल लामो किल्ला सञ्जालको एउटा अंश मात्र हुन्। यसलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको सरकारले दुर्गम क्षेत्रहरूमा विद्रोही जनसङ्ख्या नियन्त्रण गर्न र केही अवस्थामा अन्य देशका भागहरूमा अतिक्रमण गर्न प्रयोग गर्दछन्। कोरोना महामारीको समयमा तीब्र गतिमा बनाइएका किल्ला र दर्जनौं नयाँ सीमा बस्तीको सहयोगमा बेइजिङले दुर्गम क्षेत्रहरूमा प्रत्यक्ष नियन्त्रण गरिरहेको छ। चीनको यो रवैयाले गरिब र कमजोर छिमेकीहरूलाई ठूलो नोक्सान पुर्या्इरहेको छ। अमेरिकी रक्षा विभागले आफ्नो 2023 चीन सैन्य शक्ति रिपोर्टमा चीनले इन्डो-प्यासिफिक क्षेत्रमा थप धम्कीपूर्ण, बलजफ्ती र उत्तेजक कारबाही गरेको बताएको छ।
चीनले १४ देशसँग सिमाना बाँडेको छ । राष्ट्रपति सीको कार्यकालमा, चीनले आफ्नो क्षेत्रीय सीमालाई पुन: परिभाषित गर्दैछ। जसका कारण छिमकी राष्ट्रहरूसँग चीनको झडप र सङ्घर्ष लगातार भइरहेका छन् । वासिङ्टनको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजका चाइना पावर प्रोजेक्टका फेलो ब्रायन हार्टले भने कि सीको नेतृत्वमा चीनले विवादित क्षेत्रमा दाबी स्थापित गर्ने प्रयास बढाएको छ। अन्तर्राष्ट्रिय स्तरमा फिलिपिन्सको पानीको रूपमा मान्यता प्राप्त पूर्वी समुद्री क्षेत्र नजिकै चीनले कोरल रीफलाई सैन्य अड्डामा परिणत गर्योा।