दशैँका मुखैमा चिनियाँ नाकामा रोकियो सामान, व्यापारीहरू मर्कामा

0
Trucks Carrying Dashain Goods To Nepal Stranded on China Nepal Border- The Nepal Times

Trucks Carrying Dashain Goods To Nepal Stranded on China Nepal Border

दशैँको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । नेपालीहरुको महान् पर्व दशैँ तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिएपछि व्यवसायीहरु चिन्तित बनेका हुन् ।
दशैंका लागि उत्तर र दक्षिणबाट आउने सामान विगत पाँच दिनदेखि सीमा क्षेत्रमा अड्किएका छन् । भदौ अन्तिम साताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्ग अवरुद्ध भएकाले चाडपर्व अगावै काठमाडौं आइपुग्ने आशा कमै देखिएको छ । तातोपानी र केरुङ नाकामा मंगलबारसम्म तीन सयभन्दा बढी कन्टेनर अलपत्र परेको नेपाल व्यापारी संघका अध्यक्ष हरिबहादुर गौतमले जानकारी दिए । धेरैजसो कन्टेनरहरूले चाडपर्व र जाडोका सामानहरू, विशेष गरी तयारी पोशाकहरू बोकेका थिए।


अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण शुक्रबारदेखि चीनसँगको सीमा नाका बन्द भएको छ । बिहीबार घटस्थापनाबाट किनमेल पनि सुरु भएकोले व्यापारीहरू मर्कामा परेका छन् । अधिकांश सामान चीनको तिब्बतको खासा र केरुङ र नेपालीतर्फको भन्सारमा अलपत्र परेको गौतमले बताए । पहिरो र बाढीले दुवैतर्फका सडकमा क्षति पुगेको छ । उनले दशैंअघि सडक मर्मत सम्भव नहुने पनि बताएका छन् । नेपालको उत्तरी सीमामा रहेको नेपालको दोस्रो ठूलो भन्सार तातोपानी नजिकैको लार्चास्थित बेली पुल भोटेकोशी नदीले बगाएको छ । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले दुई दिनदेखि गाउँपालिकासँगको वार्तापछि लार्चामा ह्युम पाइप राखेर सडक मर्मत गर्न लागिएको बताए । स्काभेटर प्रयोग गरेर बाटो खोल्ने प्रयास गरिरहेको र सडक खुल्न अझै २–३ दिन लाग्ने श्रेष्ठले जनाएका छन् ।


‘चीन सीमामा अलपत्र परेका कन्टेनरको आधिकारिक तथ्यांक नआए पनि दशैंका लागि अर्डर गरेका सामानमध्ये ५ प्रतिशत मात्रै पाएको व्यवसायी बताउँछन् । कोभिड–१९ को प्रभाव र त्यसपछिको आर्थिक मन्दीपछि व्यापारीहरूले बिक्रीमा सुधार आउने आशा गरेका थिए । ‘यद्यपि बाढी र पहिरोले कार्गो आवतजावत ठप्प पारेको छ, यतिखेर व्यापारीहरू निराश बनेका छन्। काठमाडौंमा अधिकांश व्यापारीले आफ्नो सामान बागमती र मनोहरा नदीको किनारमा राखेका थिए, जसमा पनि बाढी आएको छ । घाटा असुल्नका लागि सामानको मूल्यवृद्धि अपरिहार्य रहेको व्यापारीहरूको भनाइ पनि छ।


भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०२३-२४ मा नेपालको आयात १ दशमलव १६ प्रतिशतले घटेर रु १ अर्ब ५९ करोड पुगेको छ । निर्यात पनि सोही अवधिमा ३.०३ प्रतिशतले घटेर रु १५२ अर्ब ३८ करोड पुगेको छ । गत आर्थिक वर्षमा नेपालले चीनबाट रु २९८ अर्ब ७७ करोडको वस्तु आयात गरेको थियो भने निर्यात दुई अर्ब ५८ करोड रहेको थियो ।


यतिबेला आयातित सामग्रीहरु चिनियाँ सीमानाका रोकिएको र निर्यात लामो समयदेखि ठप्प भएकोले दशैँको मुखमा नेपाली व्यापारीहरूलाई धेरै गाह्रो पर्ने देखिएको छ। चाडपर्वलक्षित सामानहरु चिनियाँ नाकामा रोकिएको र समयमा सामान नआइपुग्दा सम्पूर्ण व्यवसायीहरु धराशायी हुने खतरा बढेको छ । विविध समस्याका बाबजुद चाडपर्व लक्षित सामग्री अर्डर गरिए पनि सीमामा नै रोकिनु अत्यन्तै दुःखद कुरा रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *