ग्लोबल साउथ समिटमा दिइएन चीन-पाकिस्तानलाई निम्तो

0
3rd Voice Global South Summit

3rd Voice Global South Summit

भारतले शनिबार ‘भ्वाइस अफ ग्लोबल साउथ’ शिखर सम्मेलन आयोजना गऱ्यो । यो शिखर सम्मेलन वर्चुअली आयोजना गरिएको थियो। जसमा १२३ देशका नेता तथा मन्त्रीहरूको सहभागिता रहेको थियो । यस शिखर सम्मेलनमा विकासोन्मुख देशहरूले सामना गर्नुपरेका प्रमुख चुनौतीहरूबारे छलफल भएको थियो। तर, यस शिखर सम्मेलनमा चीन र पाकिस्तानलाई निम्तो दिइएको थिएन। भारतीय विदेशमन्त्री एस जयशंकरले शिखर सम्मेलनमा धेरै देशले गाजा र युक्रेनमा चलिरहेको द्वन्द्वको मुद्दा उठाएको बताए। गाजाको अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै विभिन्न देशले सर्वसाधारणको मृत्युप्रति चिन्ता व्यक्त गरेका छन्। साथै युद्धविराम र वार्ता पुनः सुरु गर्नुपर्नेमा जोड दिए ।


जयशंकरले भने कि यस शिखर सम्मेलनमा चीन र पाकिस्तान दुवैलाई निमन्त्रणा गरिएको थिएन। यो शिखर सम्मेलनको तेस्रो संस्करण थियो। चीनको बारेमा सोध्दा जयशंकरले भने, ” के उनीहरूलाई आमन्त्रित गरिएको थियो, यसको जवाफ हो थिएन ।” चीन र पाकिस्तान दुवैसँग भारतको सम्बन्ध अहिले राम्रो छैन । गत वर्ष आयोजित ‘भ्वाइस अफ ग्लोबल साउथ’ शिखर सम्मेलनका दुवै संस्करणमा चीन र पाकिस्तान दुवै सहभागी भएका थिएनन्।


यस शिखर सम्मेलनमा कुल १२३ देशहरूले भाग लिएका थिए, जसमा भारत र नेपाल पनि समावेश थियो। २१ देशका नेताहरूले बैठकमा भाग लिएका थिए भने ११८ जना मन्त्रीहरूले डिजिटल, व्यापार र स्वास्थ्य जस्ता विषयमा छुट्टाछुट्टै सत्रमा भाग लिएका थिए । परराष्ट्रमन्त्रीहरूका लागि आयोजित दुई सत्रमा कुल ३४ देशको सहभागिता थियो । बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले पनि नेताहरूको बैठकमा सहभागी थिए। उनले शेख हसिना सरकारको पतनपछिको आफ्नो देशको अवस्था र भूराजनीति, कोभिड–१९ को प्रभाव र जलवायु परिवर्तनलगायत विश्वले सामना गरिरहेका चुनौतीका बारेमा कुरा गरेका थिए ।
परराष्ट्रमन्त्रीहरुको बैठकमा आतंकवाद र उग्रवादलाई ग्लोबल साउथका लागि चुनौतीका रुपमा उल्लेख गरिएको थियो। यी सत्रहरूमा ऋणको बोझ, नगद सङ्कट र यसले व्यापारमा पार्ने असरबारे पनि छलफल भएको थियो। साथै, विकासोन्मुख देशहरूलाई ऋण लिनको लागि थप विकल्पहरू उपलब्ध गराउनु पर्ने आवश्यकतामा पनि जोड दिइएको थियो।


विदेशबाट हुने राजनीतिक हस्तक्षेपको मुद्दा उठाउँदै भारतीय विदेशमन्त्री जयशंकरले नेता तथा विदेशमन्त्रीसँगको बैठकमा विभिन्न देशबाट ‘राजनीतिक हस्तक्षेप’ भएको विषय उठाएको बताए । उनले यसलाई ग्लोबल साउथका धेरै देशका लागि चिन्ताको विषय भएको बताए । शिखर सम्मेलनमा संयुक्त राष्ट्र सुधारको मुद्दा पनि उठ्यो । जयशंकरले प्रस्तावित सुधारका लागि धेरै फरक विचारहरू मिलाउन र त्यसपछि संयुक्त राष्ट्रका सदस्यहरूलाई चुनाव गर्ने अधिकार दिनु पर्ने बताए। उनले भने, “विश्वका १९० भन्दा बढी देशहरूबीच पूर्ण एकताको हामी अपेक्षा गर्दैनौं, न त आशा गर्छौं … यो प्रक्रिया अनुचित र गलत रूपमा रोकिएको छ,” उनले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *