‘बीआरआई फ्रेमवर्क’ मा भएन हस्ताक्षर, आयोजनागत रूपमा मात्रै समझदारी

0
BRI Framework was not signed, only a project agreement- The Nepal Times

BRI Framework was not signed, only a project agreement

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर हुन सकेन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि बीआरआई फ्रेमर्वमा हस्ताक्षर हुन नसकेको हो ।

नेपाली पक्षले तयार पारेको सहकार्य फ्रेमवर्कभित्रका केही शब्दहरुमा चिनियाँ पक्ष सहमत नभएपछि प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान यसपटक उक्त मस्यौदामा हस्ताक्षर नभएको भ्रमणमा सहभागी एक अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको थियो । ‘आयोजनागत रुपमा मात्रै सहमति तथा समझदारी पत्रमा हस्ताक्षर भएको हो । ती आयोजनामा के के काम गर्ने भन्ने विषय आ–आफ्नै हिसाबले लागू हुनेछ,’ भ्रमणमा सहभागी एक अधिकारीले भने, ‘यी आयोजनाहरुको कार्यान्वयन भने बीआरआईअन्तर्गत हुने भनिएको छ ।’

९ बुँदे सहमति–पत्रमा हस्ताक्षरपछि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता गरेका छन् । ‘करिब २० मिनेट दुई जनाबीचमा मात्रै छलफल भएको छ,’ छलफल सकिएलगत्तै भ्रमणमा सहभागी ती अधिकारीले भने ।

सीसँगको भेटवार्तामा पनि बीआरआई सम्झौताको विषयले स्थान नपाएपछि यस पटक ओलीको चीन भ्रमणका दौरानमा सहकार्य फ्रेमवर्कमा हस्ताक्षर नहुने भएको छ ।

नेपालले सन् २०१७ मा बीआरआईको समझादारी–पत्रमा हस्ताक्षर गरेको थियो । चीनले यसपटक नेपालका प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा ‘बीआरआई कार्यान्वयन कार्ययोजना’मा हस्ताक्षरको प्रस्ताव गरेको थियो । चीनले पठाएको कार्यायोजनाको नाम परिवर्तन गरेर बीआरआई सहकार्य फ्रेमवर्क भन्दै नेपालले ऋण नलिने गरी प्रस्ताव फिर्ता पठाएको थियो । नेपालले पठाएको उक्त फ्रेमवर्कभित्रका ‘ऋण’, ‘लगानी’, ‘अनुदान’ जस्ता शब्दहरुमा चिनियाँ र नेपाल पक्षबीच लामो छलफल भएको थियो ।

नेपालले ऋण नलिने र चीनले लगानी भन्ने शब्द राख्नुपर्ने जनाएपछि आयोजनागत रुपमा मात्रै समझदारी तथा सहमति–पत्रमा हस्ताक्षर भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *