नेपाल भारत बीचको संयुक्त नाट्य महोत्सव हुँदै

A joint theater festival between Nepal and India- The Nepal Times
काठमाडौं – नेपाल भारत बीचको संयुक्त नाट्य महोत्सव ‘नेपाल–भारत रंग महोत्सव’ लाई नेपालस्थित भारत (काठमाडौंको भारतीय दूतावासको सहयोग आयोजना हुने भएको छ ।
बीपी कोइराला इन्डिया–नेपाल फाउण्डेशनको सहयोगमा नेसनल स्कुल अफ ड्रामा भारत सँगको सहकार्यमा नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठान नेपाल ले आयोजना गरेको महोत्सवमा नेपाल बाट तीन र भारत बाट तीन गरी ६ वटा नाटक प्रस्तुत हुनेछन् । यो महोत्सवले नेपाल र भारत का –जनताबीचको आदानप्रदानलाई अगाडि बढाउन कला र संस्कृतिको क्षेत्रमा दुई देशबीचको सहकार्य अभिवृद्धि गर्न मद्दत पुग्ने छ ।
आज माघ २३ गते 5 फेब्रुअरी 2025 देखि सुरु हुने यो महोत्सव माघ ३१ गते सम्म 12 फेब्रुअरी 2025 सम्म जमल स्थित नेपाल कल्चरल कर्पोरेशन अडिटोरियममा चल्नेछ ।