कांग्रेस बीआरआईको ऋण सहायता नलिने पक्षमा प्रतिबद्ध : प्रवक्ता महत

0
Congress committed to not taking loan assistance from BRI Mahat- The Nepal Times

Congress committed to not taking loan assistance from BRI Mahat

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बीआरआई परियोजना अन्तर्गत ऋण सहायता लिन नहुने पक्षमा कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । उनले यदि चीनले त्यसलाई अनुदान सहायताकोरुपमा दिन तयार भए नेपालले त्यसलाई अघि बढाउनु उपयुक्त हुने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको चर्चा भइरहेका बेला शुक्रबार संघीय संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले प्रधानमन्त्रीको चीन भ्रमणका बेला उक्त परियोजनाबारे स्पष्ट कुराकानी गर्नुपर्ने बताए । उनले आफू परराष्ट्रमन्त्री भएकै बेला चीनसँग सो परियोजनामा सम्झौता भएको स्मरण गर्दै त्यसमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरु भएकाले त्यसलाई अनुदानको रुपमा अघि बढाउन उपयुक्त हुने कांग्रेसको धारणा रहेको बताए । ‘सधैँ ऋणको भरमा देश चल्न सक्दैन । अब फेरि चीनसँग मात्रै होइन, अरु कुनै पनि देशबाट ऋण थप गर्नुहुदैन भन्ने हाम्रो कुरा हो,’ उनले भने । प्रवक्ता महतले चीनले विगतमा अनुदान सहायता दिने कुरा गर्दै आएकाले अहिले त्यो विषयलाई अघि बढाउन उपयुक्त हुने बताए ।

उनले भने, ‘बीरआईबारे कांग्रेसको केही पनि दोधार नीति छैन । हामीले अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो । हामीले बीआरआई हुँदैन पनि भनेका छैनौं । त्यो समझदारी पत्रमा मैले नै हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा खाली लगानी, कनेक्टिभिटी, प्राविधिक सहयोगका कुराहरु छन् । अब कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौँ भने केनेक्टिभिटीका कुरा सुरुङमार्ग, सडकमा अनुदान सहयोग दिनुपर्‍यो । अनुदान दिने कुरा नै चिनियाँ सरकारको कयौँ वर्षदेखि कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्नुपर्‍यो । अनुदान नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ ? अहिले हाम्रो ऋणको भार पनि धेरै भएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजनाको कार्यान्वयन योजनामा पनि हस्ताक्षर गर्नुपर्ने चीन सरकारको प्रस्ताव छ । तर सत्तारुढ प्रमुख घटक कांग्रेसले भने चीनले विगतमा गरेका सहमतिअनुसार सो परियोजना अन्तर्गत नै अनुदान सहयोग दिनुपर्ने अडान राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *