श्रम स्वीकृति भएका नेपालीलाई भारतबाट अर्को देश जाँदा एनओसी नचाहिने

0
Nepalis with work permit do not need NOC Going Abroad Via India

Nepalis with work permit do not need NOC Going Abroad Via India

स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थलको प्रयोग गरेर विदेश जादा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जस्ता देशमा जाँदा एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई एनओसी आवश्यक नरहेको जनाएको हो ।

त्यसैगरी, नेपाली कूटनीतिक/आधिकारिक/सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज–पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्षमुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जनाएको छ ।

त्यसैगरी अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जानकारी दिएको छ ।

त्यस्तै रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेबाहेक रसिया जाने यात्रुले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *