सुनसहित चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू पक्राउ

0
Chinese citizens Jianzhong and Myanmar's Satnaintung and In Ngon Phu were arrested along with the gold- The Nepal Times

Chinese citizens Jianzhong and Myanmar's Satnaintung and In Ngon Phu were arrested along with the gold- The Nepal Times

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति सुनसहित चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू पक्राउ परेका हुन्।

उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए।

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले निन्त्रणमा लिएको थापाले जानकारी दिए।

थापाले भने, ‘पक्राउ परेका ३ जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *