नेपालमा सर्पदंशको उपचार केन्द्र स्थापना गर्न भारतले सहयोग गर्ने

0
India will help to establish a snakebite treatment center in Nepal- The Nepal Times

India will help to establish a snakebite treatment center in Nepal- The Nepal Times

सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भएको छ। भारतीय स्वास्थ्यमन्त्री जेपी नड्डाले प्रतिबद्धता सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्ने कुरामा प्रतिबद्धता व्यक्त गरेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग बोल्दै सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने जानकारी दिए। भारतको दिल्लीमा आयोजित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले उक्त कुराको जानकारी दिएका हुन् ।


उनले नेपालमा सर्पले टोकेर हुने जोखिमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्नेबारेमा भारतीय स्वास्थ्यमन्त्री जेपी नड्डाले प्रतिबद्धता जनाएको पनि बताए । उनले क्षेत्रीय बैठकका क्रममा भारतीय स्वास्थ्यमन्त्री नड्डासँग आफ्नो भेट भएको जानकारी दिएका छन् । उक्त भेटअवधि नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरू बीचमा समयावधि सकिएका कारण रोकिएको स्थितिको अन्त्यका लागि प्रयास गरेको बताए ।


उनले भने- ‘नेपालमा सर्पले टोकेर नागरिकहरूलाई जुन समस्या देखिएको छ, त्यसको बारेमा उपचार केन्द्र स्थापना गर्ने र त्यसका लागि सहजीकरण गर्न पनि भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरू बीचमा समयावधि सकिएका कारण रोकिएको स्थिति थियो,’ मन्त्री पौडेलले भने, ‘त्यसमा पुनः समझदारी गरेर एम्स र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बीचमा पहिलेको समझदारीलाई कायम गर्नेगरी मौखिक समझदारी व्यक्त गर्नुभएको छ ।’


यसको साथै विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर नेपालमा चलिरहेका कार्यक्रमहरूलाई अझ बढी कसरी प्रभावकारी बनाउने र हेटौँडामा रहेको सरुवा रोग केन्द्रलाई डब्ल्युएचओको सहयोगमा अनुसन्धान केन्द्रका रुपमा विकसित गर्नेबारेमा छलफल भएको स्वास्थ्यमन्त्री पौडेलले जानकारी दिए । विश्व स्वास्थ्य संगठनका क्षेत्रिय निर्देशकले पनि सरुवा रोग केन्द्रलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको मन्त्री पौडेलको भनाइ थियो ।


नेपालमा महिलाहरूमा हुने सर्भाइकल क्यान्सर (स्क्रिनिङ) को बारेमा डब्ल्युएचओले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त भएको बताए । नेपालमा डब्ल्युएचओको सहयोगमा सम्पन्न भएका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन अरु थप लगानी गर्ने बारेमा पनि छलफल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *